Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बागमती सफाई महाअभियान : सफा बन्दै बागमती, फोहोर फ्याक्नेबाट ३५ लाख जरीवाना संकलन

बागमती सफाई महाअभियान : सफा बन्दै बागमती, फोहोर फ्याक्नेबाट ३५ लाख जरीवाना संकलन

काठमाडौं, १० फागुन । चार वर्ष अघि सुरु भएको वागमती सरसफाई महाअभियानबाट वागमती नदिको ८० प्रतिशत फोहोर निकालिएको छ । त्यस्तै नदी किनारमा ढल विक्ष्याउने काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ।

नदी भित्र तथा आसपासमा फ्याकिएका ठोस फोहर व्यवस्थापन गरी सकेको स्थानमा पुन फोहोर नफाल्न जनचेतना कार्यक्रम पनि चलाइएको एकीकृत वागमती सभ्यता विकास समितिका पुरुषोत्तम कडलले जानकारी दिए । साथै उनले अब ३ सय हप्ता पुरा हुन्जेल मनहरा दोभान सम्म नुहाउन योग्य पानी बनाउने दाबी पनि गरे ।

समितिले यस्तो दाबी गरिरहेपनि वागमतीको पानी ढलमुक्त हुन सकेको छैन। सफाई अभियान चलाइए सकिएको स्थानमा पनि अहिले विस्तारै फोहोर फ्याक्न थालिसकिएको छ । जसकारण नदी पुन दुर्गन्धीत हुदै गएको सर्वसाधारणको गुनासो छ । उनले यसरी जथाभावी फोहर फालेको भेटिएमा दण्ड जरीवानाको व्यवस्था गरिएको र अहिले सम्म त्यसरी फोहोर फ्याक्नेबाट ३५ लाख जरीवाना संकलन गरिसकेको जानकारी दिए ।

त्यस्तै नदि किनारमा वृक्षारोपण गरी हरीयाली प्रर्वदन र सौन्दर्य अभिबृद्धि गर्ने उद्धेश्यले ग्रिन वेल्टको अवधारणा पनि ल्याइएको छ । कडेलले सुकुम्बासी व्यवस्थापन नभए सम्म तोकेको मापदण्ड अन्र्तगत कार्य गर्न नसकिने बताउदै सुकुम्बासी अहिलेको पहिलो आवस्था भएको बताए ।

विष्णुमती, बागमती र धोबीखोलामा ढण्ल विक्ष्याउने काम समितिलाई दिइएको छ । हनुमान्ती र मनहराको जिम्मा काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयलाई दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x