Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो,करेन्ट लागेर ४ को मृत्यु

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो,करेन्ट लागेर ४ को मृत्यु

काठमाडौ, २० असार ।  दुइ दिन देखि परेको अविरल बर्षाका कारण बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । गृह मन्त्रायका अनुशार कैलाली, बाकेमा थप २ जना, पर्सा र सर्लाहिमा २, २ जना सिन्धुली, चितवन,  महोतरी, उदयपुर, तनहु सिराहा लगायत १५ जिल्लामा १, १ जना गरि २२ जनाको मृत्यु भएको हो । यसै गरी बाढी पहिरोमा परी ८ जाना घाइते र दुइ जना वेपत्ता भएका छन्

यता मौसम विभाग मौसम पुर्वअनुमान महासाखाले पनि नदिको वाहावले खतारको संकेत पार गर्न साथ प्रभावित क्षेत्रका बासिन्दालाइ नेपाल टेलिकम र एनसेल मार्फत एसएमएस गर्दै आएको बताएको छ । विगत २ दिन देखि देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा सुधारोन्मुख देखिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तिन दिन सम्म भारी वर्षा हुने आंकलन गरेको भए पनि मंगलबार बेलुकीबाट मौसम सुधारोन्मुख देखिएको छ । देशको पुर्वि तथा मध्यम भागमा हल्का तथा भारी वर्षा हुने सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।

यसैबीच गृह प्रशासनले तत्काल राहत तथा उद्धार समाग्री सहित शुरक्षा संयन्त्रलाइ तम तयार राखेको छ । नदीमा पानिको वाहाव खतारा सकेत पार गर्न साथ सुचना दिने ब्यवस्था मिलाएको छ । मन्त्रालयले जिल्लामा प्रमुख जिल्ला अधिकारी जिल्ला शुरक्षा निकाय मार्फत प्रभावित क्षेत्रका बासिन्दालाइ सुचना दिन एच एफ र भिएच एफ एसएमएस स्थानीय संचार माध्यमको प्रयोग गरिएको भन्दै सुचानालाइ गंभिरताका साथ लिइदिन सर्वसाधरणलाइ आग्रह गरेको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरु शुरक्षा अधिकारीहरुलाइ जिल्ला नछाडन र जोखिम क्षेत्रमा रहेका बासिन्दाहरुको स्थान्तरणमा लाग्न निर्देशन दिएको छ । तत्तकाल राहात तथा उद्धारका लागि  जिल्ला जिल्मा राहत समाग्री सहित युनिटहरु खडा गरिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

करेन्ट लागेर ४ को मृत्यु

डोटीको आदर्श गाउँपालिका–१ मा आज साँझ करेन्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, २४ वर्षीय लोकेन्द्रबहादुर खड्का, २३ वर्षीय वीरेन्द्र खड्का र २३ वर्षकै दिपे खड्का रहेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी लालबहादुर धामीले बताए ।  घटनामा परी सोही ठाउँका २४ वर्षीय नारायण खड्का गम्भीर घाइते भएका छन् । बिजुलीको फलामे खम्बा उखेलेर अन्यन्त्र सार्ने क्रममा ११ हजार भोल्टको प्रशारण लाइनमा छुँदा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x