Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बिक्रीको चापमा प-यो शेयर बजार, फेरि लाग्यो ओरालो

बिक्रीको चापमा प-यो शेयर बजार, फेरि लाग्यो ओरालो

पूर्ण प्रसाद चौलागाई २०७३ कात्तिक २९ काठमाडौं । बुधबार शेयर बजारले वृद्धिको लय समात्न सकेन । तिन दिनसम्म लगातार बढेको शेयर बजार आज घटेको छ । बिक्रीको चापको कारण शेयर बजार साताको चौथो दिन ओरालो लागेको हो ।

यस साताको पहिलो दिन देखी बढ्दै गएको शेयर बजार चौथो दिनमा आएर घट्न गयो । तिन दिनमा शेयर कारोबारबाट भएको मुनाफा संचित गर्न बुधबार बेचिएको हो । जसका कारण शेयर बजारमा बिक्रीको चाप पर्न गयो । बिक्रीको चापमा आएको वृद्धिले नेप्सेलाई तल झारेको हो । घटिरहेको बजारमा शेयरको मुल्यमा आएको गिरावटलाई मुनाफामा परिणत गर्न केहि लगानीकर्ताहरुले शेयर खरिद गरे । यो तिन दिनको समयावधिमा शेयरको मुल्य माथि आए पछि पुनः विक्री गरिएको छ ।

यसरी छोटो अवधिमा नै बजारमा देखिएको उतारचढापले लगानीकर्ताहरु छोटो अवधिको लगानी र त्यसबाट हुने सकारात्मक प्रतिफल तर्फ आकर्षित भएको देखिएको छ । बुधबार शेयर बजारमा देखिएको उतारचढापले यसलाई पुष्टि गर्न मद्दत गरेको छ । शेयर बजार आज ११.२३ अंकले घटेर १५०४.७९ विन्दुमा पुगेको छ । नेप्से परिसुचक दोहोरो अंकले घट्नुमा बिक्रीको दबाव रहेको छ । यस्तै छोटो अवधिको लगानी र त्यसबाट आउने मुनाफा संचित गरि बजारबाट बाहिरीने प्रवृतिको विकास भएको देखिन्छ । त्यसो त तिन दिनमा बजार ५५.२९ अंकले बढेको थियो । त्यहि रफतारमा बजार ओरालो लाग्ने हो कि भन्ने अड्कल लगानीकर्ताहरुले लिएका छन् ।

नेप्से परिसुचकमा आएको दोहोरो अंकको गिरावटसंगै कारोबार रकममा समेत भारी गिरावट आएको छ । हिजो ७५ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ५९ करोड ७८ लाख ७४ हजार २८७ रुपैयाँको कारोबार भएको छ । यस्तै बुधबार १६० कम्पनीहरुको ११ लाख ७७ हजार ५७५ कित्ता शेयर किनबेच भएको छ । यस्तै होटल, उत्पादन र अन्य समुहको परिसुचक बाहेक अरु समुहको परिसुचकहरुमा गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x