Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बिमस्टेक सम्मेलनमा नेपाल र भारतबीच छुटै सम्झौता हुने

बिमस्टेक सम्मेलनमा नेपाल र भारतबीच छुटै सम्झौता हुने

काठमाडौं, ९ भद्रौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको अवसरमा नेपाल र भारतबीच छुट्टै दुई सम्झौता हुने भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

भदौ १४ र १५ गते हुने बैठक हुदै छ। बैठकको तयारीका लागि १२ गते विदेश मामिला सचिवहरुको बैठक हुने छ । १३ गते बस्ने विदेश मामिला मन्त्रीहरुको बैठकले बिमस्टेक बैठकका एजेन्डा र छलफलका विषयहरुलाई अन्तिम रुप दिने कार्यक्रम रहेको छ ।

बैठकमा कनेक्टिभिटी, गरिबी निवारण, जलवायु परिवर्तन र व्यापार एवं लगानी विस्तारलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x