Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बुटवल पावरको एफपिओ आज देखि संस्थागत लगानीकर्ताले पनि भर्ना पाउने

बुटवल पावरको एफपिओ आज देखि संस्थागत लगानीकर्ताले पनि भर्ना पाउने

काठमाडौं, २६ माघ । बुटबल पावर कम्पनी लिमिटेडले निष्कासन गरेको नयाँ साधारण सेयर (एफपीओ) मा संस्थागत लगानीतर्काले पनि आवेदन गर्न पाउने भएका छन् । सर्वसाधारण लगानीकर्ताबाट मागअनुसार प्रर्याप्त आवेदन नपरेपछि संस्थागत लगानीकर्तालाई समेत आवेदन खुला गरिएको हो।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबारदेखि संस्थागत लगानीकर्ताले बुटवल पावरको एफपिओमा आवेदन दिन पाउने छन् । बुटवल पावर कम्पनीले गत माघ १५ गतेदेखि ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपिओको बिक्री खुलागरेको थियो । छिटोमा माघ १९ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । तर कम्पनीले आवश्यक आवेदन नपरेपछि फागुन १५ गतेसम्म बिक्री खुला गर्ने यसअघि नै बताएको थियो ।

लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x