Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बुढानिलकण्ठ नगरपालिकामा सेञ्चुरी कमर्सियल बैंककोे शाखा र एक्सटेन्सन् काउन्टर

बुढानिलकण्ठ नगरपालिकामा सेञ्चुरी कमर्सियल बैंककोे शाखा र एक्सटेन्सन् काउन्टर

काठमाडौं, १० जेठ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलले काठमाडौं बुढानिलकण्ठको मण्डिखटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखा कार्यालयको उद्घाटन आज बैंक संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे ।

साथै आजै बैंकले बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नं १२ को वडा कार्यालमा एक्सटेन्सन् काउन्टर पनि संचालनमा ल्याएको छ । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकहरुलाई वित्तिय सेवा उपलब्ध गराउने जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट वित्तिय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x