Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बेतन कर्णालीमा नबिल बैंक र एसबीआई बैंकको सहवित्तियकरणमा लगानी

बेतन कर्णालीमा नबिल बैंक र एसबीआई बैंकको सहवित्तियकरणमा लगानी

काठमाडौं, ३० चैत्र । कर्मचारी सञ्चय कोषले विकास गर्न लागेको ६८७ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत् आयोजनामा नबिल बैंक र नेपाल एसबीआई बैंकले सहवित्तियकरणमा बैंक तथा वित्तिय संस्थाहरुको समूहमार्फत् २५ अर्ब रुपैँया ऋण लगानी गर्ने भएका छन् । उक्त लगानी सम्बन्धि सम्झौतापत्रमा कर्मचारी सञ्चय कोष, नबिल बैंक र एसबीआई बैंकबीच सम्झौता भएको छ । कोषका कार्यबहाक प्रशासक दीपक रौनियार तथा नबिल बैंक र नेपाल एसबीआई बैंकका सीईओद्वय अनिल केशरी शाह र अनुकूल भट्नागरले हस्ताक्षर गरेका छन् ।
कर्मचारी सञ्चय कोषले २०७४ वैशाख २४ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड नामक कम्पनी दर्ता गरेको थियो । अधिकृत पुँजी २० अर्ब र जारी पुँजी १० अर्ब रुपैँया रहेको यस कम्पनीमा ५ लाख ५० हजार सञ्चयकर्ताको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत र विद्युत् उत्पादन कम्पनीको १० प्रतिशत तथा २५ प्रतिशत सर्वसधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको सेयर हुनेछ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीबाट भैरहेको छ र ड्राफ्ट इन्सपेक्सन रिपोर्ट निर्माणको कार्य अघि बढीरहेको कर्मचारी सञ्चय कोषले जनाएको छ ।
सो आयोजनाको कुल लागतसम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि यकिन हुने भएपनि ७० अर्ब रुपैँया लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यस आयोजनामा ३० प्रतिशत अर्थात् करिब सेयर पुँजी र बाँकी ७० प्रतिशत ऋण व्यवस्थापन गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x