Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बेला–कुबेला किन उत्तेजना

बेला–कुबेला किन उत्तेजना

( डा। राजेन्द्र भद्रा

तपाईंको प्रश्नको जवाफ दिनु पहिले हाम्रो यौन व्यग्रता अनि लिङ्ग कसरी उत्तेजित हुन्छ भन्ने विषयमा संक्षिप्त चर्चा गरौं ।

यौन व्यग्रता र उत्तेजना
प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ । भोक, निद्रा, प्यासजस्तै यौन पनि अत्यावश्यक कुरा हो जीवनका लागि । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यो प्रकृतिले नै दिएको कुरा हो । यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय हुन्छन् । एकातिर इनडोक्राइन सिस्टमअन्तर्गतका रागरस अर्थात् हार्मोनहरूले यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले भूमिका खेल्छ ।

यौनेच्छा जाग्ने वा सोको व्यग्रतामा रागरस अर्थात् हार्मोनले महत्वपूर्ण भूमिका खेल्छ । यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पार्छ । त्यसैगरी यौन क्रियाका लागि पनि हाम्रा इन्द्रियहरूले महत्वपूर्ण भूमिका खेल्छन् । यौन उत्तेजनाका लागि हाम्रा इन्द्रियहरू नभै नहुने कुरा हुन् । हाम्रो शरीरले कसरी आनन्द प्राप्त गर्छ भन्ने कुरा नै ऐन्द्रिकता हो । यो हाम्रो शरीरको पाँच इन्द्रिय दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो । यसमध्ये कुनै इन्द्रियवाट आनन्द प्राप्त गर्नु नै ऐन्द्रिकता हुन सक्छ । यौन सम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो ।

हामीलाई थाहै छ, यौनसम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यौन उत्तेजनाको स्रोत जे–सुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एउटा जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ । यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाटै प्रारम्भ हुन्छन् ।

लिङ्ग उत्तेजनाको कुरा गर्दा, यौनसम्बन्धी सन्देशहरू हाम्रा इन्द्रियबाट मस्तिष्कसम्म स्नायुप्रणालीका नसाहरूबाट विद्युतीय तरङ्ग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं । यौनउत्तेजना हुने किसिमका सन्देश प्राप्त भए सम्बन्धित व्यक्तिमा यौन उत्तेजना बढ्छ । यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिंगमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ भने लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो अनि लामो हुन्छ । यसैलाई हामी लिङ्ग उत्तेजित भएको भन्छौं ।

बेला–कुबेला किन उत्तेजना रु
किशोरावस्थामा हुने परिवर्तनले व्यक्तिमा भएको यौन विकासको कुरालाई संकेत गरिरहेको हुन्छ । यौन चाहना हुनु स्वाभाविक हो । हुन त सानैदेखि लिङ्ग उत्तेजना हुन्छ तर किशोरावस्था पुगेपछि यो बढी संवेदनशील हुन पुग्छ । माथि नै भनिसकियो कि इन्द्रियबाट सन्देशहरू मस्तिष्कमा स्पर्शको माध्यमबाट पुग्छन् । लिङ्ग र विशेष रूपमा भन्नुपर्दा यसको छाला निकै यौन संवेदनशील हुन्छ । कुनै पनि किसिमको स्पर्शले लिङ्गलाई उत्तेजित लाउन सक्छ ।

त्यसबाहेक पनि यौवनावस्थामा अनायास स्वतस् लिङ्ग उत्तेजित हुन्छ । आफूले यौनसम्बन्धी कुरा चेतन रूपमा नसोचेको बेला पनि यस्तो हुन सक्छ । यौन उत्तेजना नै नभएको स्थिति जस्तो कि खाना खाँदा खाँदै, हजुरआमासँग कुरा गर्दागर्दै, कक्षामा अध्ययन गर्दागर्दै वा निदाएको बेलासमेत बेला–कुवेला लिङ्ग उत्तेजित हुन सक्छ । वास्तवमा यस्तो स्थिति लाजमर्दो हुन्छ र त्यतिबेला निकै असजिलो अनभुव हुन्छ । यस्तो स्थितिलाई कउयलतबलभयगक भचभअतष्यल भनिन्छ । यसलाई नेपालीमा स्वस्स्फूर्त लिङ्ग उत्तेजन भन्न सकिन्छ । किशोरावस्थामा विशेष गरेर हार्मोन उत्पादन हुने क्रम अधिक मात्रा निस्सृत हुँदा त्यसको प्रभावका कारणले हुने विश्वास गरिन्छ । यो पनि एकदम स्वाभाविक प्रक्रिया हो । यस्तो उत्तेजना केही बेरमै आफैं कम भएर जान्छ । उमेर बढ्दै गएपछि स्वस्स्फूर्त लिङ्ग उत्तेजन हुने क्रम पनि कम हुँदै जान्छ ।

के गर्न सकिएला रु
यो स्वाभाविक प्रक्रिया भएकाले उपचारका लागि केही गर्नु आवश्यक छैन । उमेर बढ्दै गएपछि यो कम हुने मात्र होइन, यौन क्रियाकलापमा तपाईंको नियन्त्रण पनि बढ्छ । लिङ्ग उत्तेजना कुनै पनि पुरुषको यौन जीवनको अभिन्न अङ्ग हो । बेला–कुुवेला हुने यस्तो स्वस्स्फूर्त लिङ्ग उत्तेजनालाई ठयाक्कै बन्द गर्ने नसकिए पनि सार्वजनिक स्थलमा अप्ठयारोमा पर्ने कुरालाई केही कम गर्ने उपाय अपनाउन सकिन्छ ।

यौन उत्तेजना नहोस् भनेर यौनसम्बन्धी नभै अन्य जस्तै— गृहकार्य, खेलकुद अनि परीक्षाका बारेमा मात्र सोच्दा केही फाइदा हुन्छ ।
तपाईंले कस्तो किसिमको भित्री लुगा अर्थात् अन्डरवेयर लगाउँदै आउनुभएको छ थाहा भएन । खुकुलो किसिमको भित्री पहिरनको सट्टा टपक्क मिलेको भित्री पहिरन लगाए केही गरी
लिङ्ग उत्तेजित भैहाले पनि अरूले सजिलै थाहा पाउने स्थिति हुँदैन । केही गरेर सार्वजनिक स्थलमा लिङ्ग उत्तेजित भैहालेको स्थितिमा पहिलो कुरा त यथास्थितिमा शान्तसँग लिङ्ग शिथिल नभएसम्म बसिरहने, तर यता उता हिँड्नु छ भने लगाएको सर्ट वा टिसर्ट पाइन्टभित्र नकसी बाहिर निकाल्ने जसले केही हदसम्म भए पनि लिङ्ग उत्तेजनालाई छोप्न मद्दत गर्छ । आफूसँग भएको पुस्तक, फाइल वा झोला अघिल्तिर ल्याएर पनि यो कार्य गर्न सकिन्छ ।साप्ताहिक बाट

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x