Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बैंक तथा वित्तीय संस्थाहरुलाई अर्थमन्त्रीको सुझाव

बैंक तथा वित्तीय संस्थाहरुलाई अर्थमन्त्रीको सुझाव

काठमाडौं, ३१ भदौ । अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन भन्दा पनि मध्यमकालिन र दिर्घकालिन कर्जामा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बजारमा कर्जाको मागको संरचना परिवर्तन हुँदै गएको सन्दर्भमा त्यसै अनुरुप बैंक तथा वित्तीय क्षेत्रले लगानी विस्तार गर्नुपर्ने खतिवडाको भनाइ थियो । अल्पकालिन लगानीले व्याजदरमा स्थीरता ल्याउँदैन भन्दै मन्त्री खतिवडाले भन्नुभयो–‘ व्याजदरलाई स्थीर र प्रक्षेपण गर्न सक्ने बनाउनका लागि मध्यमस्तरको व्याजदर संरचनमा बैंक तथा वित्तीय संस्थाहरु जानुपर्छ । यसका लागि अल्पकालिन उपकरणहरु भन्दा मध्यमकालिन उपकरणहरु जारी गरेर जानुपर्ने हुन्छ ।’

उखुबारीमा छिरेको हात्ति कहिले कता, कहिले कता कुदेको जस्तो व्याजदरको उतारचढावले लगानीलाई प्रबद्र्धन नगर्ने मन्त्री खतिवडाले स्पष्ट पार्नुभयो ।

मन्त्री खतीवडाले कर्मचारी संचयकोषको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त सुझाव दिनुभएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x