Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैंक पछि बीमा कम्पनीका सिईओलाई पनि ६ महिनाको कुलिङ पिरियड

बैंक पछि बीमा कम्पनीका सिईओलाई पनि ६ महिनाको कुलिङ पिरियड

काठमाडौं, २४ बैशाख । बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नका लागि ६ महिनाको कुलिङ पिरियड लागु गरिएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले आइतबार जारी गरेको ‘बीमकको संथागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ मा बीमा कम्पनीको सिईओहरुलाई ६ महिनाको कुलिङ पिरियडको व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार एक कम्पनीमा जागिर छाडेको भोलिपल्ट अर्को कम्पनीमा सीईओको रुपमा जागिर खान जान पाउने छैनन् । त्यस्तै उपकार्यकारी नियूक्तीलाई पनि अनिवार्य गरिएको बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईले अर्थको अर्थलाई जानकारी दिए ।

केहि समय अघि राष्ट्र बैंकले पनि बैंकहरुको सिइओलाई ६ महिने कुलिङ पिरियडको बाध्यकारी व्यवस्था गरेको थियो । समितिको यो निर्देशिका अनुसार स्नातक गरेका ब्यक्ति पनि सीईओ बन्न पाउने छन् । तर, स्नातक गरेको ब्यक्तिले सीईओ बन्नको लागि १३ देखि १५ वर्षको अनुभव हुनपर्ने व्यवस्था गरिएको छ । स्नातकोत्तरका लागि भने बीमा क्षेत्रमा ८ वर्षको अनुभव संगालेको हुनुपर्ने छ ।

त्यस्तै उपसमितिमा दुईजना सञ्चालक रहन पाउने व्यवस्था पनि थप गरिएको छ । यसअघि बीमकको कुनै खास कामको लागि गठन भएको समिति र उपसमितिमा एक जना सञ्चालक रहने व्यवस्था थियो । तर, अहिलेको निर्देशिकाले भने उपसमितिमा दुईजना सञ्चालक रहन पाउने व्यवस्था खुला गरेको छ ।

निर्देशिकामा उल्लेख भएअनुसार साथै कार्यकारी प्रमुख नियुक्त हुनुअघि ४ वर्षको लागि कार्ययोजना समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । र, बीमा कम्पनीले कार्यकारी प्रमुखसँग कार्यसम्पादन सम्झौता पनि गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x