Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बैकिङमा नौला अभ्यास, सनराइज बैंकले ल्यायो मिसकल बैकिङ सेवा

बैकिङमा नौला अभ्यास, सनराइज बैंकले ल्यायो मिसकल बैकिङ सेवा

काठमाडौं, ७ असार । सनराइज बैंक लिमिटेडले फरक किसिमको बैकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवालाई थप गर्न मिसकल बैकिङ सेवा शुरु गरेको छ ।

यस सेवा अन्र्तगत आफुलाई आवश्यक परेको बैंकिङ्ग सुविधाहरु लिनको लागि बैंकले तोकेका निम्न नम्वरहरुमा मिसकल गरी प्राप्त गर्न सकिनेछ । जसमा ९८५११४७२७३ मा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी, ९८५१११७२७२ मा मिसकल गरी रु. १०० बरावरको मोवाईलमा रिचार्ज (टपअप) गर्ने सुविधा, ९८५१११७२७५ मा मिसकल गरी खाताको अन्तिम ४ वटा कारोवारको जानकारी मिनी स्टेटमेन्ट र ९८५११८७२७४ मा मिसकल गरी बैंकले प्रदान गर्ने विभिन्न सुविधाको बारेमा जानकारी लिन सकिन्छ ।

उल्लेखित सुविधा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्राहकहरुसँग स्मार्ट फोन नभएता पनि उक्त सेवा लिन सकिने छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x