Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बोनस पछि प्रिमियरको मुल्य समायोजन

बोनस पछि प्रिमियरको मुल्य समायोजन

काठमाडौं, ८ चैत । नेपाल स्टक एक्सचेन्जले प्रिमियर इन्स्योरेन्सको मुल्य समायोजन गरेको छ । बोनस प्रयोजनको लागि एक्सचेन्जले इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरेको हो ।

इन्स्योरेन्सले शेयरधनीहरुलाई १३.५२ प्रतिशत बोनस शेयर दिने भए पछि उसको शेयर मुल्य ८०६ रुपैयाँमा समायोजन गरिएको हो । यस्तै नेप्सेले इन्स्योरेन्सको शेयर आधार मुल्य ८१६ रुपैयाँ तोकेको छ । इन्स्योरेन्सले बोनस शेयरको लागि शेयर किताव दर्ता पुस्तिका बन्द चैत ८ देखी २६ गतेसम्मका लागि राखेको छ । चैत २६ गते इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा बस्दैछ । उक्त साधारण सभामा इन्स्योरेन्सले उक्त बोनस शेयर पारित गर्नेछ ।

बोनस शेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी ५८ करोड ४१ लाख रुपैयाँ पुग्ने छ । इन्स्योरेन्सले जारी गरेको थप शेयर निष्कासनमा आवेदन दिएका लगानीकर्ताहरुले समेत प्रस्तावित बोनस शेयर पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x