Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बोनस पछि भयो नेपाल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

बोनस पछि भयो नेपाल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

काठमाडौं, ९ वैशाख । नेपाल स्टक एक्सचेन्जले नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मुल्य समायोजन गरेको छ । बोनस प्रयोजनका लागि कम्पनीको शेयर मुल्य समायोजन गरिएको हो । नेप्सेले कम्पनीको शेयर ७१३ रुपैयाँमा मुल्य समायोजन गरेको छ । कम्पनीको आधार मुल्य भने ७०३.५७ रुपैयाँ कायम गरिएको नेप्सेले जनाएको छ ।

कम्पनीको वैशाख २१ गते बस्ने ६९औं वार्षिक साधारण सभाल शेयरधनीहरुलाई हालको चुक्ता पुँजीको ४.५२३८ प्रतिशत बोनस शेयर दिने भएको छ । उक्त बोनस शेयरका लागि कम्पनीले शेयर दर्ता किताव बन्द वैशाख ७ गते गरेको छ । साथै सोहि साधारण सभामा कम्पनीले थप ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव राख्ने बताएको छ ।

कम्पनीले हालको चुक्ता पुँजीको १ बराबर १ कित्ता हकप्रद शेयरको बिक्री खुल्ला वैशाख ५ गतेबाट गरेको छ । कम्पनीले ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ बराबरको ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । सो हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी ६० करोड ४० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ३० करोड १९ लाख रुपैयाँ रहेको छ । साथै बोनस शेयरको पुँजीकरण पछि चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ पुग्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x