Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बोनस पछि मुक्तिनाथ विकास बैंकको भयो शेयर मुल्य समायोजन

बोनस पछि मुक्तिनाथ विकास बैंकको भयो शेयर मुल्य समायोजन

काठमाडौं, ७ पौष । मुक्तिनाथ विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने भए पछि बैंकको शेयर मुल्य समायोजन गरिएको छ । बैंकको शेयर ४५५ रुपैयाँमा मुल्य समायोजन गरिएको हो । बैंकको शेयर आधार मुल्य ६५२ रुपैयाँ रहेको छ ।

बैंकले पौष १९ गते ११औं वार्षिक साधारण सभा राख्ने भएको छ । उक्त साधारण सभामा बैंकले शेयरधनीहरुलाई २० प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले लाभांश प्रयोजनका लागि पौष ७ देखी १९ गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गरेको छ ।

बैंकले जारी गरेको ४० प्रतिशत हकप्रद शेयरको पुँजीकरण पछि बैंकको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर पछि चुक्ता पुँजी २ अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x