Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बोनस शेयर पछि तिन कम्पनीहरुको मुल्य समायोजन

बोनस शेयर पछि तिन कम्पनीहरुको मुल्य समायोजन

काठमाडौं, २३ पौष । बोनस शेयर दिने भएपछि नेपाल स्टक एक्सचेन्जले आइतबार तिन कम्पनीहरुको मुल्य समायोजन गरेको छ । मुल्य समायोजन हुने कम्पनीहरुमा अपी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक र कञ्चन डेभलपेमेन्ट बैंक रहेका छन् ।

अपि पावरः नेपाल स्टक एक्सचेन्जले अपी पावरको शेयर मुल्य ४३५ रुपैयाँमा मुल्य समायोजन गरेको छ । कम्पनीले ८ प्रतिशत बोनस शेयर दिने भए पछि नेप्सेले मुल्य समायोजन गरेको हो । नेप्सेको अनुसार कम्पनीको शेयर आधार मुल्य ४११ रुपैयाँ रहेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकः ४.७८२६०९ प्रतिशत बोनस शेयर दिने भएको कारण सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेप्सेले बैंकको प्रति शेयर १४० रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार बैंकको शेयर आधार मुल्य १६७ रुपैयाँ रहेको छ । बोनस शेयरसंगै बैंकले शेयरधनीहरुलाई कर तिर्नका लागि ०.२५१ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ । बैंकले माघ १३ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।

कञ्चन डेभलपमेन्ट बैंकः कञ्चन डेभलपमेन्ट बैंकको शेयर २१० रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार बैंकको शेयर आधार मुल्य २१५ रुपैयाँ रहेको छ । बैंकले शेयरधनीहरुलाई १२.३३ प्रतिशत बोनस शेयर दिने भएको छ । सोहि कारण बैंकको शेयर मुल्य समायोजन गरिएको हो । बैंकले बोनस शेयरसंगै कर प्रयोजनका लागि ०.६४ प्रतिशत नगद लाभांश दिने बताएको छ । बैंकले पौष २८ गते आठौं वार्षिक साधारण सभा राख्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x