Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भारतसँगको व्यापार घाटा एकपक्षीय भयो : चेम्बर अफ कमर्स

भारतसँगको व्यापार घाटा एकपक्षीय भयो : चेम्बर अफ कमर्स

काठमाडौं, २० असार । नेपाल चेम्बर अफ कमर्सले भारतसँगको व्यापार घाटा एकपक्षीय रहेको भन्दै गम्भीर बन्नुपर्नेमा जोड दिएको छ । कन्फेडेरेसन अफ वेस्ट बंगाल ट्रेड एसोसिएसनको उच्चस्तरीय प्रतिनिधिमन्डलसँगको ‘बिजनेस टू बिजनेस प्रवद्र्धन’का लागि चेम्बरले आयोजना गरेको कार्यक्रममा यस्तो बताइएको हो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापार घाटा कम गर्न सरकार र निजी क्षेत्रबीच पारस्पारिक व्यापार प्रवद्र्धनमा सहकार्य आवश्क रहेको बताए । उनले नेपाल र भारत दुवै देशका सरकार र निजी व्यवसायीहरुकाबीचमा पारस्पारिक व्यापार प्रवद्र्धनमा हुने सहकार्यलेमात्र दुवै देशको आर्थिक समृद्धि हासिल हुनसक्ने बताए । नेपालले आफ्नो सीमा जोडिएका भारतीय राज्यहरुसँगको व्यापारबाट नेपाली व्यवसायी, नेपाली जनता र सिंगो नेपालले फाइदा लिनुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए ।

त्यस्तै कन्फेडेरेसन अफ वेस्ट बंगाल ट्रेड एसोसिएसनका अध्यक्ष शुशील पोद्दारले दुई–पक्षीय व्यापार तथा वाणिज्यसम्बन्धी सम्बन्ध थप बलियो बन्दै जानुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x