Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण जनकपुरबाट

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण जनकपुरबाट

काठमाडौं, १९ वैशाख । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण आगामी वैशाख २८ मा जनकपुरबाट शुरु हुने भएको छ । यसअघिको भ्रमणमा मोदीले जनकपुरबासीलाई सम्बोधन गर्न चाहेको भएपनि सुरक्षा संवेदनशीलताका कारण अन्तिम समयमा रद्द गरिएको थियो । भारतीय प्रधानमन्त्री मोदी भारत सरकारको इण्डियन एयरलाइन्सबाट पटना र पटनादेखि हेलिकप्टरमा जनकपुर बाह्र बिघा मैदानमा ओर्लने गृहमन्त्रालयले जानकारी दिएको छ ।
मोदीलाई बाह्रविघामा केन्द्रीय सरकारका एकजना मन्त्री र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीले जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा पुजाआजा गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोही दिन रामजानकी मन्दिरको भ्रमण गर्नेछन् र दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा रामायण सर्किटको उद्घाटन गर्नेछन् । रामायण सर्किटमा भारतको अयोध्यादेखि नेपालको जनकपुरधाम समावेश छन् । हिन्दूहरुका लागि तीर्थाटनमा यो सर्किटलाई प्रवद्र्धन गरिनेछ । उक्त सर्किटको उद्घाटनपछि प्रधानमन्त्री ओली काठमाडौं फर्कनेछन् भने प्रधानमन्त्री मोदीलाई रंगभूमी मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीबारे जानकारी लिन गृहमन्त्री थापा जनकपुर पुगेका छन् । उनले सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा तीन तहको सुरक्षा घेरामा नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी सात हजार सुरक्षा फौज परिचालन गरिने भएको छ । प्रधानमन्त्री मोदीको यो भ्रमणलाई धार्मिक भ्रमण भनिएको छ भने भ्रमणका दौरान कुनै सम्झौतामा हस्ताक्षर नहुने बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा तय भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ र पोखरास्थित भारतीय दूतावासको पेन्सन क्याम्पको पनि अवलोकन गर्ने तय भएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x