Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भारतीय प्रधानमन्त्री मोदीको ३० घण्टे बसाइ ब्यवस्थापनमा ६ करोड बढी खर्च

भारतीय प्रधानमन्त्री मोदीको ३० घण्टे बसाइ ब्यवस्थापनमा ६ करोड बढी खर्च

काठमाडौं,९ साउन ।  सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ३० घण्टे नेपाल  बसाइका लागि ६ करोड बढी रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका लागि ९ वटा निकायलाई ६ करोड ३३ लाख ७३ हजार २ सय ७७ रुपैयाँ निकासा दिएको हो । मन्त्रालयले २ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी, महानगरीय सशस्त्र प्रहरी, क्षेत्रीय सशस्त्र प्रहरीका नाममा उक्त रकम निकासा दिएको हो ।

मोदी भ्रमण व्यवस्थापनकालागि  परराष्ट्र मन्त्रालयले १ करोड २८ लाख १० हजार ९ सय १९ रुपैयाँ लिएको छ । त्यस्तै मोदीलाई नागरिक अभिनन्दन गरेको २ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयले ३ करोड १२ लाख ३५ हजार ३ सय ५८, गृह मन्त्रालयले ६५ लाख, २ नम्बर, ३ नम्बर र ४ नम्बर प्रदेश अन्तर्गत रहेका ८ वटा जिल्ला प्रशासन कार्यालयले २६ लाख ३२ हजार नेपाली सेनाले २२ लाख ४५ हजा रुपैयाँ लिएका छन् । यसैगरी ती प्रशासन अन्तर्गतकै जिल्ला प्रहरी कार्यालयले ४८ लाख ६४ हजार, महानगरीय प्रहरीले २६ लाख ३५ हजार, महानगरीय सशस्त्र प्रहरी कार्यालयले १८ लाख ४६ हजार तथा पथलैया र पोखरा स्थित सशस्त्र प्रहरीका २ वटा बाहिनीले ८ लाख ५० हजार रुपैयाँ मोदी भ्रमण व्यवस्थापन खर्चबापत बुझेको अर्थ मन्त्रालयले जनाएको छ ।

वैशाख २८ गते बिहारको राजधानी पटनाबाट जानकी मन्दिर हुँदै काठमाडौं आएका मोदी वैशाख २९ गते नै स्वदेश फिर्ता भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x