Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

भिटोफ नेपालको रोपाई महोत्सव ललितपुरको लेलेमा

भिटोफ नेपालको रोपाई महोत्सव ललितपुरको लेलेमा

काठमाडौं ६ असार । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) ले यस वर्षको धान दिवश अर्थात रोपाई महोत्सव उपत्यकामै आयोजना गर्ने भएको छ । भिटोफले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आउँदो असार १५ गते ललितपुरको गोदावरी नगरपालिका लेले गाउँमा महोत्सव आयोजना गर्ने गरि तयारी थालेको छ ।

भौगोलिक धरातल तथा हिमश्रृंखला, प्राचिन बस्ती तथा मौलिक संस्कृति, धार्मिक सम्पदा, नेवारी समुदायको साँस्कृतिक झाँकीको अवलोकन गर्नुका साथै हिलो खेलेर रोपाईलाई महोत्सवको रुपमा मनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मञ्चका उपाध्यक्ष तथा मिडिया संयोजक दिपक दाहालले बताए ।

भिटोफ नेपालका कार्यसमिति सदस्य राज कुमार धमलाको संयोजकत्वमा आयोजना हुन लागेको उक्त कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यता तथा सम्बन्धित सरोकारवला निकाय र बिभिन्न संघसङ्स्थाका प्रतिनिधिहरुको आतिथ्यता रहने पनि दाहालले जानकारी दिए । भिटोफ नेपालले विगतदेखि नै हरेक वर्षको धान दिवश तथा रोपाई महोत्सव आयोजना गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x