Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुनर्निर्माणका लागि दोस्रो किस्ता लिनेको संख्या बल्ल एक लाख नाघ्यो, सिन्धुलीका पिडित भन्छन्–प्राविधिक गाउँ नआउदा समस्या भयो

पुनर्निर्माणका लागि दोस्रो किस्ता लिनेको संख्या बल्ल एक लाख नाघ्यो, सिन्धुलीका पिडित भन्छन्–प्राविधिक गाउँ नआउदा समस्या भयो

पूर्ण प्रसाद चौलागाई २०७४ पुस ३ काठमाडौं । भूकम्प गएको ३२ महिना वितिसक्दा पनि पुनर्निर्माणको भने कछुवाकै गतिमा छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३२ महिनामा ७४ हजार एक सय ४२ वटा नीजि आवास मात्र पुनर्निर्माण भएका छन् । हालसम्म कुल भूकम्पपीडित लाभग्राहीको संख्या ७ लाख ६७ हजार सात सय ५ रहेको छ । ति मध्ये ६ लाख ५९ हजार ५ सय ६ जनाले अनुदान सम्झौता गरेका छन् ।

त्यस्तै यो अवधीमा एक लाख ७९ हजार ८ सय ८४ नीजि आवास निर्माणको चरणमा छन् । निर्माणका लागि ६ लाख ५१ हजार सात सय ९२ घरधुरीले पहिलो किस्ता लिइसकेका छन् । दोस्रो किस्ता वापतको रकम लिनेको संख्या भने एक लाख चार सय ८३ छन् भने १९ हजार ३ सय ८५ घरधुरीले तेस्रो किस्ता वापतको रकम लिएका छन् । प्राधिकरणले गतवर्षको पुस मसान्त सम्म पहिलो किस्ता लिइसकेका पीडितलाई यस पुस मसान्त भित्र दोस्रो किस्ता र आगामी वर्षको जेठभित्र तेस्रो किस्ता लिन अनुरोध गरेको छ । त्यस्तै गत कात्तिक भित्र पहिलो किस्ता लिएकालाई आउँदो चैतभित्र दोस्रो र ०७५ असार मसान्तभित्र तेस्रो किस्ता लिनुपर्ने छ ।तर पहिलो किस्ता लिने लाभग्रहीको संख्या धेरै भएपनि सोही अनुपातमा दोस्रो र तेस्रो किस्तालिनेको संख्या बढ्न सकेको छैन ।

३२ महिना सम्म पनि घर निर्माण नहुँदा सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका चिसापानीका अधिकांश पिडितहरु अझै पनि अस्थायी शिविरमै छन् । केहीले घर निर्माणको काम थालेपनि समयमा प्राविधिक गाँउ नपुग्दा कामले तीब्रता पाउन सकेको छैन । ‘हाम्रो यो गाउँ सिन्धुली जिल्लाकै दुर्गम गाउँ हो, भूकम्प पिडित चमारसिंह धलानले भने, घर बनाउनका लागि पहिलो डिपिसि गरेको एक महिना दिन नाघिसक्यो तर अझै प्राविधिहरु आएका छैनन, जतिबोलाएपनि हेर्ने मान्छे आउदैनन् । ’ उनले सरकारी प्राविधिको लापरबाहीले गर्दा सोचेर पनि पुनर्निर्माणलाई गति दिन नसकेको बताए । त्यस्तै अर्का पिडित रामबिर धलानले भने पहिलो किस्ता वापतको रकमले सामान ल्याउन समेत नधान्ने भएका कारण काम अघि नबढाएको बताए । महंगिको कारण सामान ल्याउन नसक्दा पनि काम अघि बढाउन नसकेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x