Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याक्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याक्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याँक्ने चेतावनी दिएका छन् । साथै यसअघि पनि आफूले यस्तो गरेको उनले स्वीकार गरेका छन् ।

‘जसले भ्रष्टाचारका लागि यो (सार्वजनिक कोष) प्रयोग गर्छ, म उसलाई हेलिकोप्टरमा मनिला लिएर जान्छु र आकासमा उडिरहेको बेला बाहिर फलिदिन्छु,’ उनले भनेका छन् ।

उनले अघि भने, ‘हो म यो गर्छु । यसअघि पनि गरेको छु र फेरि गर्छु ।’

७१ वर्षे डुटेर्टेले हेलिकोप्टरबाट फालेको घटनाबारे थप बताउन चाहेनन् । तर, रिपोर्टहरुमा जनाइए अनुसार डावाकोको मेयर हुँदा एक अपहरणकारीलाई उडिरहेको विमानबाट उनले फालेका थिए ।

एक साता अघि उनले एक विजनेश फोरममा डावाकोको मेयर आफैंले गोली हानेर मारेको बताएका थिए । ‘मैले त सक्छु भने तिमीले किन सक्दैनौ’ भनेर पुसिललाई देखाउन आफूले गोली चलाएको र तीन जना मारिएको उनले बताएका थिए ।

डुटेर्टे फिलिपिन्सको राष्ट्रपति भएको शुक्रबार ६ महिना पुग्दैछ । र, उनी सत्तामा आएपछि लागूऔषध तस्कर तथा प्रयोगकर्ताको नाममा ६ हजार मानिस मारिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x