Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट

मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, २७ चैत्र । मंगलबार शेयर बजार दोहोरो अंकले झरेको छ । शेयर बजारको मापक नेप्से परिसुचक मंगलबार १७.५५ अंकले घटेको हो । यो गिरावटसंगै नेप्से परिसुचक १२७०.२३ विन्दुमा पुगेको छ ।

गत साताको केहि दिन र यस साताको पहिलो दिन नेप्से परिसुचकमा सुधार भएको थियो । यो सुधारले शेयर लगानीकर्ताहरुमा उत्साह थपेको थियो । तर हिजो र आज शेयर बजार घट्न थालेको छ । शेयर बजार घटेको होइन करेक्सन भएको हो, एक लगानीकर्ताले भने । शेयर बजार बढ्दा धेरै अंकले माथि उठेको र कारोबार रकमको मात्रा पनि ठुलो भएको थियो, उनले भने । तर शेयर बजार हिजो र आज घट्दा बढेको तुलनामा कम नै घटेको धारणा राख्दै बजार करेक्सन भएको उनले बताए ।

मंगलबार शेयर बजारमा कुल १६० कम्पनीहरुको ९ लाख ८३ हजार १५९ कित्ता शेयरको किनबेचबाट ३४ करोड ९० लाख ५१ हजार ७७ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसुचकसंगै सम्पुर्ण समुहगत परिसुचकहरु नकारात्मक भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x