Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

मजदुरको अडान मसिक १६ हजार ५ सय रुपैयाँ, उद्योगी भन्छन सकिदैन

मजदुरको अडान मसिक १६ हजार ५ सय रुपैयाँ, उद्योगी भन्छन सकिदैन

काठमाडौ,२४ असार । सरकारले आगामी साउन १ गतेबाट मजदुरहरुको नयाँ तलवमान लागु गर्ने बताएपनि उद्यगीहरुले भने सरकार र मजदुरहरुले भने जस्तो तलब बढाउन सक्ने अवस्थामा आफुहरु नरहेको स्पष्ट पारेका छन्

मजदुरहरुले न्युनतम तलव दोब्बर भन्दा अझ बढी बढाएर २० हजार पुर्याउनु पर्ने माग गरेका छन् .। यता सरकार पनि कम्तिमा १५ हजार भन्दा माथी हुनु पर्ने पक्षमा देखिन्छ । तर उद्योगीहरुले भने मजदुरले भने जस्तो दोवर गराउन नसकिने बढीमा १२ प्रतिशत मात्र वृद्धि गर्न सकिने बताएका हुन । अहिले मजदुरको मासिक औसत तलव ९ हजार ७०० रुपैयाँ छ । १२ प्रतिशत वृद्धि भएमा उनीहरुको न्युनतम तलव १० हजार ८६४ रुपैयाँ पुग्ने छ । तर, मजदुर युनियनका प्रतिनिधिहरु भने १६ हजार ५ सय रुपैंयाँ भन्दा कम नलिने अडान राखेका छन्।तर यसमा जिफन्टभने केही लचिलो देखिएको छ । उद्योगीको अडान र मजदुरको मागको वीचमा रहेर न्युनतम पारिश्रामिकमा सहमती खोज्नुपर्नेमा जिफन्टका नेताहरु रहेका छन् ।

सरकार उद्योगीसँग भएका वार्ताहरुमा  मजदुर युनियनका नेताहरुले पनि शुरुमा २० हजारको अडान राखेका थिए। निरन्तरको छलफलपछि १६ हजार ५ सय रुपैयाँमा सहमत भए पनि उद्योगी त्यसलाइ स्वीकार्न पक्षमा छैनन् । श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयले सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यीय न्युनतम पारिश्रमिक निर्धारण गठन गरेको भए पनि ९ पटकसम्म समितिको बैठक बस्दा समेत कुनै सहमती बनेको छैन । आज पनि समितिको बैठक वोल्लाइएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x