Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

माथिल्लो तामाकोशीको आइपिओ बिक्रीका लागि स्वीकृति

माथिल्लो तामाकोशीको आइपिओ बिक्रीका लागि स्वीकृति

काठमाडौं,२५ जेठ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । यसअघि कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई साधारण शेयर बिक्री गरिएको थियो ।

बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ । आयोजनाका अनुसार स्थानीयवासीले एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउनेछन् ।

यस्तै आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्नेछ । सो अनुपातमा सर्वसाधारणले रु एक अर्ब ५८ करोड ८५ लाखबराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर प्राप्त गर्ने छन् ।

दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९३ प्रतिशत निर्माण सकिएको छ ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणाधीन आयोजना हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x