Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

माथिल्लो तामाकोशी आयोजना निर्माणले दैनिकी सहज, स्थानीय भन्छन्– ‘यस्तो होला भन्ने सोचेका पनि थिएनौ’

माथिल्लो तामाकोशी आयोजना निर्माणले दैनिकी सहज, स्थानीय भन्छन्– ‘यस्तो होला भन्ने सोचेका पनि थिएनौ’

काठमाडौं, १८ असार । दोलखा जिल्लाको उत्तरी भेग स्थित विगु गाँउपालिकामा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार अव ४ प्रतिशत मात्र काम बाँकी छ ।

आयोजना निर्माण अन्तर्गत ठुल्ठूला चट्टान फोडेर सडक संचालनमा ल्याइ काम तीब्र बनाइएको थियो । आयोजना निर्माणसँगै सो क्षेत्रमा सडक संजाल समेत जोडिएको छ । जसले गर्दा स्थानीयहरुको जिवन स्तरमा उल्लेख्य सुधार आएको छ । आयोजना निर्माण हुनु अघि सदरमुकाम चरिकोट आउ–जाउका लागि मात्र चार दिन लाग्ने गरेकोमा अहिले केही घण्टामै आउ–जाउ गर्न पाइने स्थानीय पेम्बा शेर्पाले बताए । आफ्नो क्षेत्रमा यति ठुलो आयोजना बन्नला र आफुहरुको दैनिकी यति सहज होला भन्ने कहिल्यै नसोचेको भन्दै उनले निकै खुसी प्रष्ट गरे ।

त्यस्तै सोही स्थानकी कान्छीमाया तामाङले पनि घर तलबाट बगिरहेको नदिबाट विजुली निस्कन लागेको सुन्दा निकै खुसी लागेको बताइन । सो आयोजना निर्माणले विगु गाँउपालिकाको मुहार नै फेरिदिएको छ । पैदल यात्रा गर्न र टुकी बत्तीमा जिवन चलाईरहेका उनीहरुले अहिले यसबाट मुक्ति पाएका छन् । ‘हस्पिटल पनि खुलेको छ । सडक संजाल जोडिएसँगै आफ्ना उत्पादन सहजै सदरमुकाम सम्म ल्याएर बेच्न पाएका छौ यो भन्दा सुख सुविधा के खेज्ने ’ अर्का स्थानीय राम घलानले भने ।

अर्कोतर्फ अधिकांश स्थानीयले आयोजनामा क्षमता अनुसारको काम पनि पाएका छन् । लामबगरका ३५ वर्षिय हरि तामाङ गाँउमा बेरोजगार भएपछि विदेश जाने सोचमा थिए । तर जव यो आयोजना सुरु भयो उनले क्षमता अनुसारको काम पाए । त्यसपछि उनले विदेश जाने सोचाई नै त्यागि दिए । उनी आयोजनामा काम गर्छन भने उनकी श्रीमतीले घर धन्दासँगै बाख्रा पालन गरिरहेकी छिन् । ‘केही वर्ष अघि सम्म के खाउ के लाउ भन्ने अवस्था थियो,’ हरि तामाङले खुसी हुदै भने – ‘अहिले दुई छाक टार्न चिन्ता छैन । ’ उनी जस्तै सो क्षेत्रका अधिकांशले आफ्नै घर छेउमा रोजगारी पाएका छन् ।

सरकारको राष्ट्रिय गौरवका आयोजनाहरुको सूचीमा राखेका विभिन्न आयोजनाहरु मध्ये यो तामाकोसी जलविद्युत आयोजनालाई अत्यन्तै राम्रो प्रगती भएको अयोजनाको रुपमा लिइन्छ । यसलाई राज्यले पनि विद्युत विकासको कोसे ढुङ्गाको रुपमा लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x