Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मिर्मिरे माइक्रोफाइनान्सको साधारण सभा जेठ २५ गते, बुक क्लोज जेठ २ गतेबाट

मिर्मिरे माइक्रोफाइनान्सको साधारण सभा जेठ २५ गते, बुक क्लोज जेठ २ गतेबाट

काठमाडौं, २४ वैशाख । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले जेठ ७ गते सातौं वार्षिक साधारण सभाको लागि शेयरधनीहरुलाई जानकारी दिएको छ । माइक्रोफाइनान्सले उक्त साधारण सभामा शेयरधनीहरुलाई ३०.८ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै माइक्रोफाइनान्सले साधारण सभा र बोनस शेयर प्रयोजनका लागि जेठ २ देखी २५ गतेसम्मका लागि शेयर दर्ता किताव बन्द गर्ने जनाएको छ ।

प्रस्तावित ३०.८ प्रतिशत बोनस शेयर पाउन शेयरधनीहरुले जेठ १ गतेसम्ममा माइक्रोफाइनान्सको शेयर खरिद गर्न आवश्यक रहेको छ । उक्त बोनस शेयरको पुँजीकरण पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ५ करोड ४२ लाख रुपैयाँ पुग्ने छ । माइक्रोफाइनान्सको हाल चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । यस्तै माइक्रोफाइनान्सले विशेष साधारण सभामार्फत सत प्रतिशत हकप्रद शेयर जारी गरि चुक्ता पुँजी १० करोड ३८ लाख रुपैयाँ पुर्याउने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x