Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मिसन डेभलपमेन्ट बैंकको खुद मुनाफा ३ करोड ७४ लाख

मिसन डेभलपमेन्ट बैंकको खुद मुनाफा ३ करोड ७४ लाख

काठमाडौं, १० माघ । मिसन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिमा ३ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.२४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षमा बैंकले २ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ३ अर्ब १५ करोड रुपैयाँ र कर्जा प्रवाह २ अर्ब २९ रुपैयाँ गरेको छ । बैंकले गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेप संकलन र कर्जा प्रवाहमा वृद्धि गरेको छ । यस्तै बैंकले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कुल निष्क्रीय कर्जा अनुपातलाई घटाएको छ । बैंकको हाल कुल निष्क्रीय कर्जा अनुपात ०.२७ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x