Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुक्तिनाथ विकास बैंकको सल्यानमा ३ नयाँ शाखाहरु

मुक्तिनाथ विकास बैंकको सल्यानमा ३ नयाँ शाखाहरु

काठमाडौं, १६ चैत्र । मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकै साथ आफ्ना ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको हो ।

शाखाका विस्तारको क्रममा मिति २०७४ चैत्र १४ गते बुधवारका दिन सल्यानको त्रिवेणी गाँउपालिका वडा नं. ६, लुहाम स्थित लुहाम शाखाको उद्घाटन त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले गरे । त्यसै गरी बागचौर नगरपालिकामा २ मा रहेको थारमारे शाखा कार्यालयको उद्घाटन बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले २०७४ चैत्र १५ गते गरे । साथै बैंकले मिति २०७४ चैत्र १५ गते शारदा नगरपालिका वाड नं १ मा रहेको श्रीनगरमा पनि शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् ।

सल्यान जिल्लामा ३ वटा शाखा हुने बैंक मुक्तिनाथ विकास बैंक मात्र रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x