Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुलुकको आर्थिक सम्बृद्धिका लागि सबै नागरिक उद्यमी बन्नुपर्छ : मन्त्री खतिवडा

मुलुकको आर्थिक सम्बृद्धिका लागि सबै नागरिक उद्यमी बन्नुपर्छ : मन्त्री खतिवडा

काठमाडौं, २८ फागुन । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकलाई आर्थिक समृद्धिमा लैजान नागरिक स्वयंम उत्पादक र उद्यमी हुनुपर्नेमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योगको २४ औँ साधारण सभा तथा २१ औँ राष्टिय महिला सम्मेलनमा उनले त्यसका लागि आवश्यक प्राविधीक शिक्षाको जिम्मेवारी सरकारले लिने उनले बताए ।

देशमा शिक्षा, शिप र प्रविधीको सहज पहुच हुनुपर्ने बताउँदै मन्त्री खतिवडाले बजारको विस्तार गरि उत्पादित बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सरकारले सहयोग गर्ने बताए । कृषिको उत्पादन र प्रशोधन घरेलु तथा साना उद्योगबाटै भएकाले आर्थिक विकास र रोजगारी सृजनामा यस क्षेत्रले पुर्याएको योग्दानबारे आफु जानकार रहेको पनि उनले बताए ।

त्यस्तै कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले ५० प्रतिशत जनता कृषि पेशामा आवद्ध भएपनि आवश्यक सम्पुर्ण बस्तुहरु विदेशबाट आयात हुने गरेकोमा चिन्ता व्यक्त गरे । उनले आफ्नो उत्पादन सस्तोमा बेच्ने र बाह्य उत्पादन महंगोमै भए पनि किन्ने प्रवृतीनै नेपालको प्रमुख समस्या भएको बताए । घरेलु तथा साना उद्योग अहिलेको आर्थिक वृद्धिको मुख्य आधार भएको बताउदै देशलाई आर्थिक समृद्धि तिर लैजान सरकारी तथा निजी क्षेत्रको साझा योजना आवश्यक रहेको बताए ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष अध्यक्ष श्याम प्रसाद गिरीले मुलुक उद्यमशिलतामा महिलाको सहभागिता विकास गर्न आवश्यक रहेको बताए । उनले आर्थिक क्रान्तिकलाई मुख्य एजेन्डा बनाइ नविनतम् प्रविधिको प्रयोग साना– उद्योगको नविन विकास र प्राविधिक शिक्षालाई प्रथामिकतामा राख्नु सुझाव पनि दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x