Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको छ : गभर्नर नेपाल

मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको छ : गभर्नर नेपाल

काठमाडौं, १५ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६३ औं वार्षिकोत्सव समारोहमा उनले यो वर्ष आर्थिक विकासका लागि मार्गप्रशस्त गर्ने वर्ष रहेको पनि बताए ।

तीनै तहको निर्वाचनपश्चात् मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको, ऊर्जा आपूर्तिमा आएको सुधार, पुनःनिर्माणमा आएको गति र सरकारी प्रतिबद्धताका कारण लगानीमैत्री वातावरण बन्दै गएको उनले उल्लेख गरे । यस पृष्ठभूमिमा वित्तीय साधनको विवेकपूर्ण उपयोगलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धि र स्थायित्वमा योगदान पुर्‍याउन राष्ट्र बैंक प्रतिबद्ध रहेको उनले बताए ।

त्यस्तै राष्ट्र बैंकले आर्थिक गतिविधि विस्तार भएको अवस्थामा पनि कुशलतापूर्वक मुद्राको सहज आपूर्ति गर्दै आएको दावी
पनि उनले गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x