Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले पायो मर्जरका लागि अन्तिम स्विकृती

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले पायो मर्जरका लागि अन्तिम स्विकृती

काठमाडौं, ९ वैशाख । मेगा बैंक नेपाल र टुरिजम डेभलपमेन्ट बैंकले एक आपसमा मर्जरको लागि अन्तिम स्विकृती पाएको छ । नेपाल राष्ट्र बैंकको संचालक समितिको वैशाख ७ गते बसेको वैठकले यी दुई बैंकहरुलाई मर्जरको लागि स्विकृती दिएको हो । यद्यपी राष्ट्र बैंकबाट मर्जरको स्विकृतीका लागि औपचारिक चिठ्ठी भने जान बाँकी रहेको छ ।

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले मर्जरको लागि सम्झौता गरेसंगै यी दुवै बैंकहरुको शेयर कारोबार २०७३ माघ ९ गतेबाट रोक्का गरिएको छ । शेयर कारोबार रोक्का भएको समयमा मेगा बैंकको प्रति शेयर बजार मुल्य ४५८ रुपैयाँ र टुरिजम डेभलपमेन्ट बैंकको प्रति शेयर बजार मुल्य ४२७ रुपैयाँ रहेको थियो ।

मर्जरको प्रक्रिया पछि मेगा बैंकले शेयरधनीहरुलाई १३.२५ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद शेयर दिएको छ । यस्तै टुरिजम डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई १९.८० प्रतिशत बोनस र सत प्रतिशत हकप्रद शेयर दिएको छ । यी दुवै बैंकले विशेष साधारण सभाबाट एक आपसमा मर्जरको प्रस्तावलाई पारित गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x