Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खन्डको बैंक थ्रु

काठमाडौं, १५ पुस । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खन्डको सुरुङको निर्माणकार्य (ब्रेक थ्रु) सम्पन्न भएको छ । सो खन्डको ८.३ किलोमिटर सुरुङको अन्तिम विन्दुमा निर्धारित तालिका अनुसार शुक्रबार राति १२ बजे दुईवटा विस्फोट गराइ सुरुङ खन्ने काम सम्पन्न गरेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।

सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने काम भइरहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमि सुरुङमध्ये अब ग्यालथुमदेखि सिन्धु खन्डको ४५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ ।

सो खन्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ । सिन्धु खन्डको सुरुङमा कमसल भू–भाग निस्किएकाले बढी समय लाग्ने भएपनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमि सुरुङमध्ये सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खन्डको ९.५ किमि सुरुङ गत वर्ष नै सम्पन्न भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x