Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मेस्सी र रोनाल्डोलाई पछि पार्दै टेभेज बने सर्वाधिक तलब पाउने फुटबलर

मेस्सी र रोनाल्डोलाई पछि पार्दै टेभेज बने सर्वाधिक तलब पाउने फुटबलर

समाचारहरुमा जनाइए अनुसार उनले साताको ६ लाख १५ हजार पाउण्ड तलब पाउने अनुमान गरिएको छ ।

३२ वषीय टेभेज आफ्नो बाल्यकालको क्लब बोका जुनियर्सबाट चिनियाँ सुपर लिगको क्लबमा गएका हुन् । क्लबका टिममेटलाई भेट्नु अघि उनको मेडिकल हुनेछ ।

बोका जुनियर्सले एक वक्तव्य निकाल्दै टेभेजले क्लब छाडेको पुष्टि गरेको छ र उनको भविश्यमा सफलताको कामना गरेको छ । र, भनेको छ, शुभकामना कार्लिटोस् । तिमीसँधै हाम्रो मनमा हुनेछौं ।’

वेष्टहृयामबाट इंग्लिस फुटबलमा आएका उनले म्यानचेष्टर युनाइटेड र सिटीबाट खेले । त्यसपछि इटालियन क्लब युभेन्टसमा गएका टेभेज अर्जेन्टिना फर्किए र उपाधि जिते ।

क्लब फुटबलबाट सन्यास लिने चर्चा चलिरहेका बेला उनी कीर्तिमानी मूल्यमा चीनतिर लागेका छन् । चाइनिज सुपर लिगको चौथो स्थानमा सिजन अन्त्य गरेको सांघाई शेन्हुआमा चेल्सीका पूर्व स्ट्राइकर डेम्बाका, इन्टर मिलानका फ्रेडी पनि छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x