Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यस्ता छन् प्रधानमन्त्रीका चीन भ्रमणका एजेण्डाहरु  

यस्ता छन् प्रधानमन्त्रीका चीन भ्रमणका एजेण्डाहरु  

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ असारदेखि चीनको पाँचदिने राजकीय भ्रमण गर्ने भएका छन् । परारष्ट्र मन्त्रालयले भ्रमणका एजेण्डाहरु तय गर्ने गृहकार्य शुरु गरेको छ । यातायाता संजाल, अन्तरदेशीय विद्युत प्रसारण लाइनको विस्तार रसुवागढीको टिमुरे तथा कोरला जोड्ने नाकामा बन्दरगाह निर्माण लगायतका विषयलाइ भ्रमणका मुख्य प्राथामिकतामा राखिने भएको छ ।

यस्ता छन् प्रधानमन्त्रीका चीन भ्रमणका एजेण्डाहरु  

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पुराना सहमति र सम्झौता कार्यान्वयन प्राथमिकतामा राख्ने भएका छन् । चिनियाँ नाका नजिक सुक्खा बन्दरगाह निर्माण, तातोपानीमा निर्माणाधीन बन्दरगा रेलमार्ग विस्तार ।

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई पनि भ्रमणमा प्राथमिकता दिने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ ।

यसै गरी चीन भ्रमणका क्रममा केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्मको रेलमार्गका लागि प्रस्ताव गर्ने तयारी गरिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाले जानाकारी दिए ।

चिनियाँ नाका नजिक सुक्खा बन्दरगाह निर्माण, तातोपानीमा निर्माणाधीन बन्दरगाहलाई ठूलो बनाउने र रसुवागढीको टिमुरे तथा कोरला जोड्ने नाकामा बन्दरगाह निर्माणलगायत विषयलाई पनि छलफलमा राख्ने गरी तयारी गरिरहेको छ ।

चीनले नेपालसमक्ष त्रिदेशीय अवधारणाको प्रस्तावअनुसार रेल र सडकमार्ग निर्माणका लागि बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई)को अवधारणामा सहयोग माग गर्दै आएको छ ।

यसअघि अध्ययन अनुमति पाएर काम अघि नबढेपछि नेपाल आफैंले बनाउने योजना बनाएको पश्चिम सेती आयोजनाको विषयमा भने चिनियाँ पक्ष कूटनीतिक रूपमा सम्वन्ध विग्रन तर्फ भने सचेत रहेको बताइएको छ ।

गत २३–२५ चैतमा भारत भ्रमण गरेका ओलीको ३ फागुनमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो दोस्रो विदेश भ्रमण हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको वैशाख पहिलो सातामा भएको बेइजिङ भ्रमणकै बेला प्रधानमन्त्रीको भ्रमणको विषय टुंगो लागेको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x