Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

यातायात व्यवसायी महासंघका अध्यक्ष कर्माचार्य पक्राउ, नयाँबजार —रत्नपार्क रुटका माइक्रोको रुट परमिट खारेज

यातायात व्यवसायी महासंघका अध्यक्ष कर्माचार्य पक्राउ, नयाँबजार —रत्नपार्क रुटका माइक्रोको रुट परमिट खारेज

काठमाडौं, २३ वैशाख । प्रहरीले राष्ट्रिय यातायात व्यावसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी लगायतलाई शनिबार पक्राउ गरेको छ । शुक्रबारको हड्ताल सफलतापूर्वक सम्पन्न भएको समीक्षा सहित २२ गतेदेखि हड्ताल फिर्ता लिएको सार्वजनिक सूचना प्रकाशन गरेपनि शनिबार उनीसहित अन्य पदाधिकारीहरुलाई पक्राउ गरी हनुमान ढोका लगिएको छ । महासंघका महासचिव पुण्यप्रसाद सिटौला (सरोज) भने शुक्रबार नै पक्राउ परेका थिए ।
यातायात व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएर शुक्रबार पक्राउ परेका सिटौला, उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, सहकोषाध्यक्ष डम्बर पन्त लगायतको बिनाशर्त रिहाइको माग गरिएको छ । यसैबीच यातायात व्यवस्था विभागले नयाँ बसपार्कदेखि रत्नपार्कसम्म चल्ने माइक्रोको रुट परमिट खारेज गरी दीगो यातायात प्रालिलाई लामा बसहरु सञ्चालन गर्न अनुमति दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x