Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

युवाहरुका वर्तमान समस्या र चुनौति कायमै

युवाहरुका वर्तमान समस्या र चुनौति कायमै

सन्जाल खवर
धनगढी पुस २४
युवाहरुका वर्तमान समस्या र चुनौति कायमै रहेको एक कार्यक्रममा बताएको छ । अझे पनि युवाहरु सुचनाको पँहुचमा कमी रहेको राष्ट्रय युवा परिषदले बताएको छ
नेपाली युवाहरु बैदेशीक रोजगारीका लागी दैनिक रुपमा ५ लाख ३८ हजार युवाहरु विदेशीएको राष्ट्रय युवा परिषदले बताएको छ । सोमवार युवाका मुद्दा तथा कार्यक्रम र युवा नीति तथा भिजन २०२५ का विषयमा पत्रकार अन्तरक्रिया कार्यक्रममा जानकारी गरायको हो । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाअध्यक्ष माधव ढुङ्खगेलले नेपाल सरकार संग समन्यव गरेको आधिकारीक रुपमा युवाका विषयका ऐन बनाएको १० महिना पुरा भएको र सरकारले ३२ करोड बजेट छुट्याको छ उनले बताए । उनका अनुसार आगामी पाँच वर्ष भित्र दैनिक रुपमा विदेशीने युवाहरुलाई नेपालमा मै सहुलेत कर्जा प्रदान गरी नेपालमै सफल तथा आत्मानिर्भर बनाउने र पाँच वर्ष भित्रै ५० प्रतिशत युवाहरुलाई नेपाल मै स्वरोजगार वनाई विदेशीने युवाहरुलाई १०० प्रतिशतबाट ५० प्रतिशतमा झर्ने यो कार्यक्रमको लक्ष्य रहेको कार्यकारी उपाध्यक्ष माधव ढुङ्खगेलले सो पत्रकार छलफल कार्यक्रममाम जानकारी दिएका हुन । त्यसैगरी राष्ट्रिय युवा परिषदका प्रशासकिय अधिकृत मुक्ति सिंह ठकुरीले राष्ट्रिय युवा परिषद देशका ७५ओटै जिल्लाहरुमा कार्यालय स्थापना गर्ने र निर्वाचन क्षेत्रको एक वडा मा एक वडा १० युवा युवाहरुका विषयका कार्यक्रम तयगरेको उनले बताए। उनका अनुसार नेपाल सरकारले स्थापना गरेका ११८ ओटा उद्योगहरु बन्द अवस्थामा रहेको प्रत्यक प्रदेशमा एक उद्योग स्थानीय युवाहरुको शेयर हुनुपर्ने नेपाल सरकार तथा युवा तथा खेलकुद मन्त्रालयसंग छलफल गरेको पनि कार्यक्रममा जानकारी गराएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x