Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

युवा वर्गहरुको रोजाईमा होस्टेल, होस्टेल व्यवसाय फस्टाउँदै

युवा वर्गहरुको रोजाईमा होस्टेल, होस्टेल व्यवसाय फस्टाउँदै

मानमती पाण्डेय, ३ फागुन । गुणस्तरीय शिक्षाको खोजीमा दुरदराज र ग्रामीण भेगका विद्यार्थीहरु सहर भित्रीने क्रम बढ्दो छ । राम्रो स्कुल र कलेजको खोजीमा आएका विद्यार्थीहरुलाई प्रत्यक दिन घरबाट आवत जावत गर्न सम्भव हुदैन । कोठा लिएर बस्दा झन्झट र खर्चिलो हुने भएकाले विद्यार्थीको मुख्य आकर्षण होस्टेल बनेको हुन्छ । अझ विद्यार्थीहरुले आफ्नो पायक पार्ने स्थानमा होस्टेलको खोजी गर्ने गरेको पाइएको छ ।

देशमा विकास र आधुनिकीकरणसँगै होस्टेलहरुको संख्यामा दिन प्रति दिन वृद्धि हुँदै गएको छ । झट्ट हेर्दा सहरी क्षेत्रमा होस्टेलहरु च्याउँ झै उम्रिएका पाइन्छन् । अहिलको तथ्याङ्घ हेर्दा काठमाडौँमा मात्र ६ सयको संख्यामा होस्टेलहरु संचालनमा रहेका छन् । नेपाल होस्टेल एसोसीएसनसंग आवद्ध संख्या ३ सय ५० भन्दा माथी रहेको नेपाल होस्टेल एसोसीएसनका अध्यक्ष चेतन दाहालले बताए । उनले काठमाडौँ भन्दा बाहिर ललितपुर, चितवन, कास्की र मोरङमा पनि जिल्ला कमिटी गठन भइसकेको र धनगढी, मकवानपुर र काभ्रेमा यहि फाल्गुन भित्र कमिटी गठन भइसक्ने बताए ।

होस्टलमा विषेष गरी १६ देखी २५ बर्ष उमेर समुहका विद्याथीहरु बस्ने गरेको पाइन्छ । स्वतन्त्रता खोज्ने यस उमेरका विद्यार्थीहरु स्वच्छन्दताको अनुचित लाभ लिने गरेको पाइन्छ । पश्चिमी सभ्यताबाट प्रभावित भएर विभिन्न दुव्यवसनीमा फसेको उदाहरण समाजमा थुप्रै पाउन सकिन्छ । जसको फलस्वरुप उनिहरुको जिवन खर्चिलो बन्दै गई विलाशिता र अनुशासनहिनता देखीन थाल्दछ । यो समस्या निराकरणका लागी सम्पुर्ण होस्टेल दर्ता गराइ संचालकहरु विशेष जिम्मेवार हुनुपर्ने अध्यक्ष दाहालले बताए । उनले यसका लागी विद्यार्थीहरुलाई विशेष निगरानिमा राखी अभिमुखी तालीमहरु दिने गरेको पनि जानकारी दिए । होस्टेलहरुमा नयाँ प्रविधिहरुकोे प्रयोग गरी पुर्वाधारहरुमा विशेष ध्यान दिने गरेको बताए । भविष्यमा कुनै समस्या आउन नदिन संचालक समितीलाई अन्र्तक्रियात्मक कक्षा संचालन गरी विद्या, नियम र आचारसंहिता केन्दिय अनुगमन समिती गठन गरि प्रत्यक होस्टेलमा गई अनुगमन गर्ने व्यवस्था भएको अध्यक्ष दाहालले बताए ।

कम खर्चमा गुणस्तरीय बसाइ र सिकाइ गर्ने स्थान होस्टेल भएको भन्दै उनले तिन कप कफीको दाममा आनन्दले खान, बस्न, र पढ्न पाउने व्यवस्था भएको बताए । उनले छात्राबासहरुको मासिक शुल्क ८ देखी ९ हजार रुपैयाँ रहेको र छात्रबासको मासिक शुल्क ९ देखी १० हजार रुपैयाँ रहेको जानकारी दिए । होस्टेलमा संकाय अनुुसार फरक फरक सिकाइको व्यवस्था भएको बताउदै अन्तर्राष्टिय मापदण्ड अनुसारको सुवाधा बढाउन जरुरी रहेको बताए । होस्टेलमा विधार्थीहरुले मर्यादित स्वतन्त्रत वातावरण महशुस गरी मानसिक र शारिरीक विकासको पुर्ण अनुभुती पाउने विश्वास पनि उनले व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x