Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

योजना आयोगको सचिवमा लक्ष्मण अर्याल

योजना आयोगको सचिवमा लक्ष्मण अर्याल

काठमाडौं, ४ असार । राष्ट्रिय योजना आयोगको सचिवमा लक्ष्मण अर्याल नियुक्त भएका छन् । अर्थमन्त्रालयमा लामो समय काम गरेका अर्यालले यसअघि पनि सहसचिवका रुपमा योजना आयोगमा काम गरेका थिए । अर्थमन्त्रालयमा उनले राजस्व प्रशासनमा काम गरेका थिए । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक हुँदा उनको सक्रियतामा मूल्य अभिवृद्धि कर छलीमा प्रयोग भएका नक्कली भ्याटबिलका सम्बन्धमा अनुसन्धान तहकिकात भएको थियो । अर्याल आर्थिक नीति तथा कर प्रशासनमा विशेष दख्खल राख्छन् । योजना आयागमा पदस्थापन हुनु अघि उनी प्रदेश नम्बर ४ को प्रमुख सचिका रुपमा कार्यरत थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x