Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

 रघुवीर महासेठ सवैभन्दा धनी मन्त्री, प्रधानमन्त्री ओलीको खातामा ४२ लाख मात्र  

 रघुवीर महासेठ सवैभन्दा धनी मन्त्री, प्रधानमन्त्री ओलीको खातामा ४२ लाख मात्र  

काठमाडौं जेठ ९ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सरकारका मन्त्रीहरुक सम्पती विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयको वेभसाइटमा सार्वजनिक गरेको सम्पति विवरण महिला बालबालिका तथा जेष्ठ नगारिक मन्त्री थममाया थापा सबैभन्दा कम सम्पति हुनेमा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ धेरै सम्पति हुने मन्त्री देखिनुभएको छ  । मन्त्रीहरुले बुझाएको सम्पति विवरण अनुशार प्रधानमन्त्री ओलीको ४२ लाख मात्र नगद सम्पति देखिएको छ भने सबै जसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर श्रीमती शाक्यको नाममा रहेको छ ।  त्यस्तै झापाको पृथ्वीनगरमा पनि शाक्यको नाममा १० कठ्ठा जग्गा रहेको छ । शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र पनि रहेको छ । ओलीसँग १८ तोला गरगहना रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

सरकारका मन्त्रीहरु मध्ये महिला बालवालिका जेष्ठ नगारिक मन्त्री थममाया थापा सवै भन्दा कम सम्पति हुने मन्त्रीमा पर्नु भएको छ भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको सम्पती सवै भन्दा धेरै सम्पति रहेको विवरणले देखाएको छ । मन्त्री महासेठ र उहाँकी श्रीमती जुली महतोको विभिन्न बैंक तथा वित्तीय संस्थामा धितोपत्र, ऋणपत्र र सेयर लगायत मात्रै करिव ४० करोड रुपैयाँ बराबरको छ । उहाँ सँग ५२ तोला सुन र डेढ किलो चाँदी छ भने ७२ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसै गरी सवै भन्दा कम समप्ती हुनेमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाको नाममा भने म्याग्दीको बेनीमा आमाले दिएको एउटा घर र १ तोला सुन मात्र रहेको विवरण उल्लेख छ । बैंकमा जम्मा १५ हजार रुपैयाँ बचत रहेको उल्लेख छ । उहाँ पछि खानेपानी मन्त्री विणा मगरले आफ्नो सम्पति विवरणमा श्रीमान र सासुको नाममा चितवनमा तीन कठा जग्गा र ५ तोला सुन र १६ तोला चादी उल्लेख गर्नु भएको छ ।

यसै गरी पर्यटनमन्त्री रविन्द्र अधिकारी सवै भन्दा बढी सुन हुने मन्त्री अन्तर्गत पर्नुहुन्छ । अधिकारीकारी सँग ६० तोला सुन र ३० किलो चाँदी छ । यस्तै अर्थमन्त्री डा. युवराज खतिवडासँग नगद १ करोड ४१ लाख र उहाँको र उहाँकी श्रीमतीका नाममा काठमाडौंमा दुई वटा घर र काठमाडौं, भक्तपुर, दोलखा र झापाका ६ ठाउँमा जग्गा भएको सम्पत्ति विवरणमा जनाउनु भएको छ ।  यसै गरी संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारीको साधनको रुपमा साइकल, गृहमन्त्री राम बहादुर थापाले पशु चौपायको रुपमा दुइवटा कुकुर, श्रम रोजगार तगा सामाजीक शुरक्षा मन्त्री गोकर्ण विष्टले एकहल गोरु, १ एउटा भैसी  दुइ वटा गाइ र चारबाटा बाख्रा समेत विवरणमा उल्लेख गर्नु भएको छ । प्राय  सवै मन्त्रीहरुले सम्पती स्रोतको रुपमा पुर्खैली, स्वआर्जन दाइजो, ऋण सापटी र पारिश्रामिक उल्लेख गर्नु भएको छ ।  कानुनत सार्वजनिक पद धारण गरेको ६० दिन भित्र सम्पति विवरण पेश गर्नु पर्दछ। तीन जना राज्यमन्त्रीको सम्पती विवरण भने  वेभसाइटमा सार्वजनिक गरिएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x