Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राराबाट प्रधानमन्त्रीको उद्घोष, ‘पाँच वर्षभित्र देशको रुपान्तरण’

राराबाट प्रधानमन्त्रीको उद्घोष, ‘पाँच वर्षभित्र देशको रुपान्तरण’

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष भित्र देशको रुपान्तरण गर्ने उद्घोष गरेका छन् । नयाँ वर्षका अवसरमा कर्णाली प्रदेश अन्तर्गतको मुगु जिल्लाको राराबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशले देशको वर्तमान स्थितिको जीवन्त तस्वीर झल्काउने भन्दै यो अवस्थाबाट आर्थिक विकासतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए । हरेक चीजको निश्चित आयु र अवधि हुने भन्दै उनले विकासका अनिश्चितकालसम्म पर्खन नसकिने बताए ।
‘निर्वाचनमा जनताले मप्रति देखाएको विश्वासप्रति उच्च सम्मान गर्दै यो विश्वासलाई उँचो राख्न आगामी पाँच वर्षभित्र विकास र सरकारी सेवा प्रवाहमा देख्न र महशुष गर्न सकिने परिवर्तनका ल्याउन म प्रतिवद्ध छु,’ उनले भने । नयाँ वर्षको शुभकामना सन्देशमा प्रधानमन्त्रीले सरकारको नीति राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, समानता, शान्ति, स्थायित्व र विकासमा केन्द्रीत रहेको उल्लेख गरे । योजनाबद्ध विकास, अन्तरनिर्भरता, व्यापार विविधिकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दुवै छिमेकी देशहरुसँग मैत्रीपूर्ण र सद्भावपूर्ण सम्बन्ध कायम गर्दै अघि बढ्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x