Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

राष्ट्रियसभा निर्वाचन प्रक्रिया अघि बढ्यो, आजदेखि सातै प्रदेशमा निर्वाचन कार्यालय

राष्ट्रियसभा निर्वाचन प्रक्रिया अघि बढ्यो, आजदेखि सातै प्रदेशमा निर्वाचन कार्यालय

काठमाडौं, २८ पुस : राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ २४ गते बुधबार हुने गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित भए अनुसार निर्वाचन आयोगले आज पुस २९ गते सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने कार्यक्रम रहेको छ ।

माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा २१ वटा राजनीतिक दलले सहभागीता जनाउन पाउने भएका छन् ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न गरेको आह्वानअनुसार २१ दलले सहभागीताका लागि आवेदन दिएका हुन् ।
आयोगले १५ दिनको समय दिएर दल दर्ता गर्न आह्वान गरेको थियो । आयोगले दिएको समयअनुसार दल दर्ता गर्ने हिजो शुक्रवार सम्म समय दिएको थियो । शुक्रवारसम्म २१ वटा राजनीतिक दलले दर्ताका लागि आवेदन दिएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
राष्ट्रियसभा निर्वाचनका लागि निवेदन दिएका राजनीतिक दलहरूमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०, विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् ।
नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी संघीय संसद्को निर्माण गर्ने कार्यलाई पूर्णता दिन राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x