Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रिय ट्रमा सेन्टरमा नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

राष्ट्रिय ट्रमा सेन्टरमा नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं, १६ पुस । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौं महानगरपालिकाको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

ट्रमा सेन्टरमा आउने विरामीले उपचारका क्रममा टिकट काट्ने र विल भुक्तानी सोही काउन्टरबाट गर्न सक्ने छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउदै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी सो एक्स्टेन्सन काउन्टर खोलेको जनाएको छ ।

साथै बैंकले निकट भविस्यमै ट्रमा सेन्टरको परिसरमै आफनो ९८औं एटिएम संचालनमा ल्याउने बजाएको छ राष्ट्रिय ट्रमा सेन्टरको प्रबेशद्वरमा रहने एटिएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x