Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय वाणिज्य बैंक लि. र एनएलजी इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लि. र एनएलजी इन्स्योरेन्स कम्पनी बीच  बैंकास्योरेन्स सम्झौता

काठमाण्डौँ, १ साउन । राष्ट्रिय वाणिज्य बैंक र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबाट गर्न सक्ने छन् ।

चालु आर्थिक बर्षकोे तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन, १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड मुनाफा कमाएको बैंकले जानाएको छ । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज अर्याल, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट सहायक महाप्रवन्धक मनोज श्रेष्ठ, बरिष्ट प्रवन्धक दीपककुमार चन्द सहभागी थिए । हाल बैंकको ७४ जिल्लामा २०३ शाखा कार्यालय, १३५ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x