Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रिय सभा निर्वाचन भोली, सम्पूर्ण तयारी पूरा भएको आयोगद्वारा जानकारी

राष्ट्रिय सभा निर्वाचन भोली, सम्पूर्ण तयारी पूरा भएको आयोगद्वारा जानकारी

काठमाडौं, २३ माघ । निर्वाचन आयोगले भोलि हुने राष्ट्रिय सभा निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । भोलि बिहान १० देखि ३ बजेसम्म हुने निर्वाचनका लागि आवश्यक सामाग्रीको ढुवानी तथा व्यवस्थापकीय काम सकिएको आयोगले जनाएको हो ।

२ नम्बर प्रदेशमा सबै सदस्य निर्विरोध भएको भन्दै आयोगले बाँकी प्रदेशमा दुई, दुई वटाको दरले १२ वटा मतदान केन्द्र निर्माण गरेको जनाएको छ । अन्य प्रदेशमा पनि १६ जना निर्बिरोध निर्वाचित भइसकेकाले निर्वाचनबाट छानिने ५६ मध्ये ३२ सदस्य पदका लागि मात्र भोली निर्वाचन हुन लागेको हो।

निर्वाचनमा ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । बहुमतीय र एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा निर्वाचनका लागि चार वटा मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि एमाले माओवादी केन्द्रले साझा उम्मेदवार उठाएका छन् । मधेशवादी र केहि साना दलले कांग्रेससँग तालमेल गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x