Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्र बैंकले बुधबार पनि उठायो ८ अर्ब रुपैयाँ

राष्ट्र बैंकले बुधबार पनि उठायो ८ अर्ब रुपैयाँ

काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट आज ८ अर्ब रुपैयाँ उठाएको छ । वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएकोले राष्ट्र बैंकले सो रकम उठाउन लागेको बताइएको छ । राष्ट्र बैंकले हिजो पनि १० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिचेको थियो ।

राष्ट्र बैंकले व्याजदर कोरिडोर कार्यविधि २०७४ अनुसार सो रकम वित्तीय प्रणालीबाट उठाउन लागेको जनाएको छ । राष्ट्र बैंकले २ साताको लागि उक्त रकम उठाउने भएको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता व्यवस्थापनको लागि मौद्रिक उपकरण प्रयोग गर्ने क्रममा व्याजदर कोरिडोर मार्फत सो कार्य गर्न लागेको हो । ३ प्रतिशत भन्दा कम व्याजदरमा राष्ट्र बैंकले २ साताको लागि वित्तीय प्रणालीबाट सो रकम उठाउने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x