Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

रिचार्जर एपमा वल्र्डकप जर्सी १ रुपैयाँमा

रिचार्जर एपमा वल्र्डकप जर्सी १ रुपैयाँमा

काठमाडौं, २० जेठ । विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप रिचार्जरले १ रुपैयाँमा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैयाँको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो ।

विश्वकप फुटबल सुरु हुन २ सातामात्र बाँकी हुँदा रिचार्जरले ठुलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षितगर्दै यस्तो अफर ल्याएको हो । यो अफर आइतबार अर्थात जुन ३ तारिखका दिन दिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याक पाउने छन् । त्यस पछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याक पाउनु हुन्छ । यसरी प्राप्तहुने क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।

तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैयाँ मात्र भुक्तान गर्दा ९९९ रुपैयाँको जर्सी पाउनु हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x