Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

रैराङ जलविद्युतको प्राथमिक शेयर आउँदै, ८ लाख ४० हजार प्राथमिक शेयर निष्कासन गरिने

रैराङ जलविद्युतको प्राथमिक शेयर आउँदै, ८ लाख ४० हजार प्राथमिक शेयर निष्कासन गरिने

काठमाडौं, ११ वैशाख । रैराङ जलविद्युत विकास कम्पनीले सर्वसाधारणहरुलाई प्राथमिक शेयर निष्कासनको लागि स्विकृती पाएको छ । कम्पनीलाई ८ लाख ४० हजार कित्ता प्राथमिक शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले स्विकृती दिएको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको ८ करोड ४० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले निष्कासन गर्न लागेको उक्त प्राथमिक शेयर कम्पनीको कुल पुँजीको १५ प्रतिशत हो । कम्पनीले ७५ प्रतिशत शेयर आफ्नो स्वामित्वमा राख्ने छ र बाँकी रहेको १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियहरुलाई दिने जनाएको छ । कम्पनीले सो प्राथमिक शेयरको बिक्री प्रबन्धक तथा निष्कासनकर्तामा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

यस कम्पनीले धादिङ जिल्लामा ५०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ । यस्तै कम्पनीले ९.९० मेगावाट क्षमताको ईवाखोला जलविद्युत परियोजना ताप्लेजुङ्ग र पाँचथर जिल्लाको सिमानामा निर्माण गरिरहेको छ । कम्पनीको हाल अधिृकत पुँजी १ अर्ब रुपैयाँ र चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयरको पुँजीकरण पछि कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x