Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रैराङ जलविद्युतको प्राथमिक शेयर बाँडफाँड, ७६,४४० जनाले पाए प्राथमिक शेयर

रैराङ जलविद्युतको प्राथमिक शेयर बाँडफाँड, ७६,४४० जनाले पाए प्राथमिक शेयर

काठमाडौं, ९ जेठ । रैराङ जलविद्युत विकास कम्पनीको प्राथमिक शेयर बुधबार बाँडफाँड गरिएको छ । कम्पनीले सर्वसाधारणहरुलाई निष्कासन गरेको प्राथमिक शेयर गोलाप्रथाबाट ७६ हजार ४४० जनालाई बाँडफाँड गरिएको कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेको थियो । जसमध्ये ७ लाख ६४ हजार ४०० कित्ता प्राथमिक शेयर सर्वसाधारणहरुका लागि छ्ट्टाएको हो । कम्पनीको उक्त प्राथमिक निष्कासनमा १७.७८ गुणा बढिले आवेदन परेको थियो ।

यस कम्पनीले धादिङ जिल्लामा ५०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ । यस्तै कम्पनीले ९.९० मेगावाट क्षमताको ईवाखोला जलविद्युत परियोजना ताप्लेजुङ्ग र पाँचथर जिल्लाको सिमानामा निर्माण गरिरहेको छ । कम्पनीको हाल अधिृकत पुँजी १ अर्ब रुपैयाँ र चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयरको पुँजीकरण पछि कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x