Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लक्ष्मी बैंकको अर्ध वार्षिक नाफा आधा अर्ब

लक्ष्मी बैंकको अर्ध वार्षिक नाफा आधा अर्ब

काठमाडौं, ९ माघ । लक्ष्मी बैंकले पुष मसान्तसम्ममा ५१ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा २७.७७ प्रतिशत बढी हो । बैंकले गतबर्षको दोस्रो त्रैमासमा ४० करोड ६३ लाख खुद नाफा गरेको थियो ।
बैंकको पुँजी वृद्धिसँगै कारोबारमा पनि वृद्धि भएकाले नाफा वृद्धि देखिए पनि व्याज खर्च र कर्मचारी खर्च पनि ह्वात्तै बढेको छ । दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ९९ करोड ९८ लाख रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी २८.७६ प्रतिशतले बढेको छ ।
बैंकले यसअवधिसम्म ६० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप ८.५० प्रतिशत तथा कर्जा लगानी १७.७९ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलनको अनुपातमा कर्जा लगानीको अनुपात बढेपछि कर्जा निक्षेप अनुपात सिडि रेशियो ७७.९३ प्रतिशत पुगेको छ । बैंकको अधार ब्याजदर १०.८८ प्रतिशत पुगेको छ भने कोषको लागत ७.४२ प्रतिशत पुगेको छ ।
बैंकको खराब कर्जा १.२९ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १३.२३ रुपैयाँ, मुल्य आम्दानी अनुपात १९.८० गुणा, प्रतिशेयर नेटवर्थ १२२.९४ रुपैयाँ र तरलता अनुपात २१.५६ प्रतिशत रहेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड रुपैयाँ छ भने जगेडा कोषम एक अर्ब ८८ करोेड रुपैयाँ छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x