Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लक्ष्मी बैंकको खुद मुनाफा ८० करोड २६ लाख रुपैयाँ, ४१.४० प्रतिशतले बढ्यो मुनाफा

लक्ष्मी बैंकको खुद मुनाफा ८० करोड २६ लाख रुपैयाँ, ४१.४० प्रतिशतले बढ्यो मुनाफा

काठमाडौं, ११ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा लक्ष्मी बैंकले ८० करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४१.०४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकले ५६ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाहलाई समेत विस्तार गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकले ६३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै बैंकले समिक्षा अवधिमा १ अर्ब ५४ करोड रुपैयाँ खुद व्याज आम्दामी गरि १ अर्ब १० करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकको हाल कुल निष्क्रिय कर्जा अनुपात १.१६ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार बैंकको प्रति शेयर आम्दामी १३.०२ रुपैयाँ, प्रति शेयर नेटवर्थ १२६.३८ रुपैयाँ र मुल्य आम्दामी अनुपात १७.९८ गुणा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x